राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त – Himalayan Dainik

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त


राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल नियुक्त

काठमाडौं – राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेललाई सरकारले नियुक्त गरेको छ । पौडेल युवा अर्थविद्का रुपमा चर्चित छन् । ​मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।यसअघि केपी ओली सरकारका पालामा नियुक्त भएका डा. पुष्प कँडेलले राजीनामा दिएपछि रिक्त रहेको पदमा सरकारले पौडेललाई ल्याएको हो ।

 त्यस्तै, योजना आयोगका सदस्यहरूमा रामकुमार फुँयाल र दिलबहादुर गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको छ ।