दुई प्रदेश प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त – Himalayan Dainik

दुई प्रदेश प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त


दुई प्रदेश प्रमुख राष्ट्रपतिद्वारा पदमुक्त

काठमाडौं  – दुई जना प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेकी छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गण्डकी प्रदेशकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवलाई पदमुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।​नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम देहाय अनुसारका प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको उल्लेख छ ।

मन्त्रिपरिषद्ले पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखको रुपमा नियुक्त गरेको छ ।