देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै – Himalayan Dainik

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै


देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं – नेपाली कांग्रेसको पदाधिकारी बैठक अहिले बिहान बस्ने भएको छ । सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना र आमरण अनसन जारी राखेकोले देउवाको निजी निवास अहिले बिहान ९ बजेका लागि बैठक राखिएको छ।

महाधिवेशनसँग विषयलाई केन्द्र बनाएर बस्ने बैठकले क्रियाशील सदस्यता विवादका साथै अन्य विषयमा पनि छलफल गर्ने जनाइएको छ ।

अब वडा अधिवेशन कहिले गर्ने भन्नेबारे आज छलफलको एजेन्डा छ। यस्तै रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ।

यसअघिको पदाधिकारी बैठकमा आजसम्म काम गरिसक्ने र प्रतिवेदन बुझाउने लेखकले बताएका थिए। उक्त समितिमा पाँच हजार उजुरी परेका थिए। बारा र सप्तरी जिल्लाको क्रियाशील फाइल नै उक्त समितिले हेरेको छैन। यस्तै देशभरका करिब १२५ वडाभित्र अझै क्रियाशील विवाद छ।

क्रियाशील विवादले महाधिवेशनलाई नै प्रभावित बनाउने देखिएको छ। कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ। तर महाधिवेशनका प्रायस् कार्यतालिका प्रभावित बनेका छन्।