सुनको मूल्य बढ्यो – Himalayan Dainik

सुनको मूल्य बढ्यो


सुनको मूल्य बढ्यो

काठमाडौं,११ साउन – नेपाली बजारमा आज  सुनको मूल्य एक सय रुपैयाँले बढेको छ ।

गत आइतबार प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्दै आज ९२ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत एक सय रुपैयाँले नै बढ्दै ९१ हजार ६०० रुपैयाँमा कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत आइतबारकै मूल्य कायम हुँदै सोमबार पनि प्रतितोला एक हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।