रामचन्द्र पौडेल प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगे खुमलटार – Himalayan Dainik

रामचन्द्र पौडेल प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगे खुमलटार


रामचन्द्र पौडेल प्रचण्डपत्नी सीताको स्वास्थ्य अवस्था बुझ्न पुगे खुमलटार

ललितपुर,११ साउन- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

सोमबार बिहान नेता पौडेल प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था बुझ्न खुमलटार पुगेका हुन् ।प्रचण्डको सचिवालयले पौडेल खुमलटारमा केहीबेर बसेर सीताको स्वास्थ्य अवस्था बुझि फर्किएको  जनाएको छ ।

यसअघि सीताको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री शेरबहादुर देउवा पनि खुमलटार पुगेका थिए ।