काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी – Himalayan Dainik

काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी


काठमाडौँ उपत्यकामा पुनः निषेधाज्ञा लम्ब्याउने तयारी

काठमाडौँ, ८ साउन – काठमाडौँ उपत्यकामा साउन १० गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ ।

कोरोना संक्रमण दर पछिल्लो केही दिनयता बढ्दै गएका कारण निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको हो । यसका लागि उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच अनौपचारिक छलफल समेत भइरहेको छ । अन्तिम निर्णय भने आइतबार हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारीले बताए ।

एक सातादेखि १० दिनसम्म निषेधाज्ञा थपिने सम्भावना रहेको बताइएको छ । उपत्यकामा सभा, समारोह पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, शैलुन, ब्युटी पार्लर, जिमखाना शैक्षिक संस्था बन्द छन् । उपत्यकामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।