टोकियो ओलम्पिकमा नेपालबाट २६ जना सदस्यीय टोलीको सहभागिता रहने – Himalayan Dainik

टोकियो ओलम्पिकमा नेपालबाट २६ जना सदस्यीय टोलीको सहभागिता रहने


टोकियो ओलम्पिकमा नेपालबाट २६ जना सदस्यीय टोलीको सहभागिता रहने

काठमाडौँ, ३० असार – जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट २६ सदस्यीय टोलीले सहभागिता जनाउने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी, प्रशिक्षक र पदाधिकारी गरेर २६ सदस्यीय टोली सहभागी हुने जनाएको हो । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, ४ प्रशिक्षक र अरु पदाधिकारी रहेका छन् ।

पौडीबाट गौरिका सिंह, एलेक्जान्डर ग्याडिगाड शाह, एथ्लेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथ्लेटिक्सकी इन्द्रकुमारी मल्ल रहेका छन् ।

टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छन् । टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव रमेश कुमार सिलवाल रहेका छन् ।