करेन्ट लागेर आठ बर्षीय बालक गम्भिर घाइते – Himalayan Dainik

करेन्ट लागेर आठ बर्षीय बालक गम्भिर घाइते


करेन्ट लागेर आठ बर्षीय बालक गम्भिर घाइते

रुकुम,३० जेठ – भनिन्छ बालबालिका शान्तीका क्षेत्र हुँन । उनीहरुलाई उचित माया,ममता,संरक्षण गर्नु हाम्रो जो कोहीको कर्तव्य हो र साथै बाल अधिकारको मर्म बुझी उनीहरुलाई सही दिशा निर्देश गरीयो भने पक्कै पनि राष्टका एक सक्षम नागरीक तथा असल जनशक्ति बन्न सक्छन ।


तर विडम्बनाको कुरा आठबिसकोट नगरपालिका वडा नं. ११ चौर, धुर्सेली बस्ने कल बहादुर पुरीको नाति बाबू भरत पुरी तथा आमा जानकी पुन मगरको छोरा बर्ष आठको भर्खर दुई कक्षामा पढ्दै गरेका निर्माण (नारायण) पुरी २०७८ साल जेठ २२ गते करीब ५ बजेतिर साँझपख आठबिसकोट नगरपालिका वडा नं. ११ चौरको धुर्सेली नजिकै निन्याउरो खोलाको सडकमा केन्द्रिय लाइनको हाई भोल्टेजको करेन्टमा परी सिरियस बिरामी भएका छन ।


सडक बिस्तार गर्ने ठेकेदारले डोजर लगाएर माटो बिजुलीको पोलमा थुपार्दै जाँदा मेन लाइनको तार र माटोको थुप्रो पुग्दा बच्चा बाख्रा माटोको थुप्रोमा गएकोले बाख्रा तल झार्ने क्रममा सो घटना भएको हो । हाल सानो बालको उपचार कृतिपुर अस्पताल पुष्पलाल मेडिकल कलेजमा उपचार भैरहेको छ । बस्चाको अवस्था गम्भीर छ ।


यो घटना विजुलीको ठेकेदार र बाटो बनाउने ठेकेदारको लाहापर्रवाही घटेको थियो । घाइते बच्चाको शरिर ४० प्रतिशत जलेको छ । हाल  कृतिपुर अस्पताल पुष्पलाल मेडिकल कलेजमा उपचार भैरहेको नारायण पुरीको दाँया हात काटिएको छ ।

यस घटनाप्रति न विजुलीको ठेकेदार चासो दिएको छ , नत बाटो बनाउने ठेकेदारले पनि हालसम्म घाइते बालकप्रति केही वास्ता गरेको छैन । नारायण पुरी घाइते बच्चाको उपचारमा सहयोगको लागि हार्दिक अनुरोध गर्दछौ ।

Citizen Bank Account Number

Dilli Bhadhur Puri : 0540100000025017

Chabhil Branch