स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग – Himalayan Dainik

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग


स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग

काठमाडौं, १५ जेठ  – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै बिरामीको उपचारमा सम्लग्न स्वास्थ्यकर्मीमाथि भएको घटनाको भत्र्सना गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेका हुन् ।

उनी घटनामा संलग्नलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८, मुलुकी फौजदारी कार्यविधि ९सहित० ऐन २०७२, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कडाभन्दा कडा कारवाही गर्न माग गरेका हुन् । यही जेठ १३ गते राती एक जना बिरामीको निधन भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए । मन्त्रालयले सङ्क्रमणको महामारीमा रोकथाम, नियन्त्रण र उपचारको सबभन्दा भरपर्दो सारथी स्वास्थ्यकर्मी भएकोले उनीहरूलाई उच्च मनोबलका साथ काम गर्ने सुरक्षित वातावरण बनाउन समेत अनुरोध गरेको छ ।

सहप्रवक्ता डा।अधिकारीले सङ्क्रमणको महामारीमा आफ्नो पेशागत मर्यादा नभुली काम गरिरहेका स्वास्थ्यकर्मी माथि आफ्नै कार्यस्थलमै साङ्घातिक हमला हुने खालका क्रियाकलाप दिनानुदिन हुँदै जानु लज्जास्पद भएको उल्लेख गरेका छन् । – रासस