जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीद्वारा निशुल्क खाना – Himalayan Dainik

जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीद्वारा निशुल्क खाना


जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीद्वारा निशुल्क खाना

काठमाडौं १३ जेठ – लकडाउनका कारण समस्यामा परेकालाई राजधानीको पशुपति क्षेत्रमा निशुल्क खानाको व्यवस्था गरिएको छ ।जेसीआइ काठमाडौं लेडी नेपाल र “मानवताको सेवा” धर्मस्थलीको सहकार्यमा लकडाउनका कारण समस्यामा परेकालाई निशुल्क खानाको व्यवस्था गरिएको हो।

कोराना भाइरसको संक्रमण रोक्न सरकारले लकडाउनको घोषणा गरेपछि परोपकार क्षेत्रमा रहेका करिब २५० जना सर्वसाधारणलाई निशुल्क भोजनको व्यवस्था गरिँदै आएको हो । सो संस्थाहरुले हिजो परोपकार क्षेत्रमा पनि निशुल्क खानाको व्यवस्था गरेका थिए।