कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन – Himalayan Dainik

कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन


कोरोना संक्रमणबाट न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ, ३० वैशाख – काठमाडौँ जिल्ला अदालतका न्यायाधीश वासुदेवलाल श्रेष्ठको कोरोना संक्रमणका कारण निधन भएको छ ।

संक्रमणबाट स्वास्थ्यमा समास्या आएपछि टेकु अस्पतालमा भर्ना भएका श्रेष्ठको बुधवार साँझ निधन भएको काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिनुभयो । श्रेष्ठलाई दुई साताअघि अस्पतालमा भर्ना गरिएको थियो ।

कोरोना संक्रमणबाट न्यायपालिकाका कर्मचारीहरु ठूलो संख्यामा संक्रमित भए पनि न्यायाधीशको निधन भएको पहिलो घटना हो । स्वर्गीय श्रेष्ठका श्रीमती र एक छोरा हुनुहुन्छ ।