अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक – Himalayan Dainik

अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक


अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक

काठमाडौँ, २६ बैशाख – अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।