निषेधाज्ञामा एनसेलको अफर – Himalayan Dainik

निषेधाज्ञामा एनसेलको अफर


निषेधाज्ञामा एनसेलको  अफर

काठमाडौँ, २४ बैशाख – निषेधाज्ञामा एनसेल आजियाटा लिमिटेडले विभिन्न उपभोक्तामैत्री राहत अफरहरु ल्याएको छ । रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरु र एनसेल सापटीमा विभिन्न थप सुविधा लगायतका राहत अफरहरुले अत्यावश्यक सञ्चार सेवामा सुलभ दरमा सहज पहुँच सुनिश्चित गर्न योगदान गर्ने एनसेलको विश्वास छ ।

प्रत्येक रिचार्जमा बोनस डेटाः यस अफर अन्तर्गत ग्राहकले ५० रुपैयाँ वा त्यसभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउँछन् । ५० देखि ९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५० एमबी बोनस डेटा प्राप्त गर्दछन् । बोनस डेटा १ दिनको लागि मान्य रहने छ । १०० रुपैयाँदेखि १९९, २०० रुपैयाँदेखि २९९, ३०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ग्राहकले क्रमश १०० एमबी, २०० एमबी, ३०० एमबी डेटा बोनसको रुपमा प्राप्त गर्दछन् । यस्तै ५०० देखि ९९९ रुपैयाँको रिचार्जमा ग्राहकले ५०० एमबी बोनस डेटा तथा १००० वा त्यस भन्दा बढीको रिचार्जमा ग्राहकले १००० एमबी डेटा बोनस स्वरुप प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

३० दिने डेटा प्याकमा डबल डेटाः मंगवार ९वैशाख २१० बाट सञ्चालनमा आएको यस अफर अन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युम बराबर नै थप डेटा बोनस स्वरुप प्राप्त गर्दछन् । ग्राहकले करसहित २४९ रुपैयाँमा ३ दशमलव ५ जीबी डेटा लिन सक्छन् र त्यति नै डेटा भोल्युम बोनस अर्थात कुल ७ जीबी डेटा पाउँछन् । त्यसैगरी करसहित ३९९ रुपैयाँमा ६ जीबी डेटा लिने ग्राहकले थप ६ जीबी बोनस गरी कुल १२ जीबी, ४९९ रुपैयाँमा १० जीबी डेटा खरिद गर्नेले कुल २० जीबी डेटा पाउँछन् ।

वर्क फ्रम होम अफरः यस विपद्को घडीमा कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राख्दै एनसेलले दैनिक तथा साप्ताहिक डेटा प्याक ल्याएको छ । दैनिक डेटा प्याकमा ग्राहकले कर सहित मात्र ३१ रुपैयाँमा २ जीबी एप डेटा प्राप्त गर्छन र त्यस डेटा भोल्युममार्फत माइक्रोसफ्ट टिम्स्, जुम तथा गुगल मीट जस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिन्छ ।

साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्ने एनसेलले जनाएको छ । त्यस्तै साप्ताहिक प्याक अन्तर्गत ग्राहकले करसहित मात्र १२७ रुपैयाँमा १४ जीबी एप डेटा तथा ३ जीबी अल टाइम डेटा प्रयोग गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी वर्क फ्रम होम अफर अन्तर्गतका प्याक आफ्नो आवश्यकता अनुसार रोज्न सक्छन् । प्याक अन्तर्गतको निश्चित भोल्युम प्रयोग भइसकेपछि विद्यमान् डेटा शुल्क लाग्ने एनसेलले जनाएको छ ।

डिजिटल प्लेटफर्म मार्फत प्याकहरुको खरिदमा बोनसः निषेधाज्ञाको समयमा ग्राहकले डिजिटल प्लेटफर्महरु एनसेल एप, च्याटबोट र वेभसाइट मार्फत एनसेलका सेवा तथा सुविधा सजिलै लिन सक्छन् । यसका साथै ग्राहकले डिजिटल प्लेटफर्म मार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्ने एनसेलले जनाएको छ ।