म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा – Himalayan Dainik

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा


म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ, २२ बैशाख – इंग्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

सेमिफाइनलमा फ्रेञ्च क्लब पिएसजीमाथि समग्रमा ४-१ गोलको जित निकाल्दै सिटी उपाधि नजिक पुगेको हो । पहिलो लेगमा २-१ ले विजयी भएको सिटीले मंगलबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा २-० गोलको जित निकाल्यो ।

अब उपाधिका लागि सिटीले आगामी २९ मेमा इंग्लिस क्लब चेल्सी वा स्पेनिस क्लब रियल म्याड्रिडविरुद्ध खेल्नेछ।