प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् खोले बैंक खाता – Himalayan Dainik

प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् खोले बैंक खाता


प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् खोले बैंक खाता

काठमाडौँ, १९ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोड मार्फत् बैंक खाता खोल्दै नागरिक एपको उदघाटन गरेका छन् ।

थप सरकारी सेवा सुविधासहित नागरिक एप आजबाट औपचारिक शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिए ।

राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।