निशान भट्टराईको आवाजमा ‘गाजल लिपिक्कै’ सार्वजनिक – Himalayan Dainik

निशान भट्टराईको आवाजमा ‘गाजल लिपिक्कै’ सार्वजनिक


धनकुटा,१८ वैशाख – रोमान्टिक गीत ‘गाजल लिपिक्कै’ सार्वजनिक गरिएको छ ।

नृत्यमा आधारित उक्त गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । ‘चट्ट कपाल कोरेर’, ‘माया पलायो’ बोलको गीत सार्वजनिक लगत्तै ‘गाजल लिपिक्कै’ वोलको गीत सार्वजनिक गरिएको हो ।

ऊक्त गीत संसारीमाई सिमसार क्षेत्र पाख्रीवास तालतलैयास्थित ह्याङआऊट हलमा छायाङ्कन गरिएको प्रोडक्सन म्यानेजर मोहन राईले जानकारी दिए ।

विष्णु विक्रम निरौलाको शब्द, सम्पादन र निर्देशन रहेको गीतमा निशान भट्टराईको आबाज रहेको छ । यम के निरौलाको संगीत रहेको गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ भने रेकर्डिङको काम रञ्जन राईले गरेका छन ।