आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो – Himalayan Dainik

आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो


आईपीएल क्रिकेटमा पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो

काठमाडौँ, १८ बैशाख – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।
गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।

हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । हिजोको जितले पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।