अमेरिकाले भारतलाई यात्रामा प्रतिबन्ध लगायो – Himalayan Dainik

अमेरिकाले भारतलाई यात्रामा प्रतिबन्ध लगायो


अमेरिकाले  भारतलाई यात्रामा प्रतिबन्ध लगायो

एजेन्सी, १८ बैशाख – अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो ।

विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो । मेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ ।