प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि – Himalayan Dainik

प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि


प्रकाश सपुतलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १७ बैशाख – गायक प्रकाश सपुतलाई कोरोना रिपोर्ट पोजिटिभ हुने भएको छ ।

उनले सामाजिक संजालबाट जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही हुन्छ कि जस्तो एन्जाइटी फिल भएपछि मैले पीसीआएर टेष्ट गरेको थिएँ । म होम आइसोलेसनमा छु । अवस्था सामान्य छ ।’

उनले, कोरोनालाई जित्न सकिन्छ भन्ने आत्मबल राख्न तर यसलाई सामान्य नठान्न पनि आग्रह गरेका छन् । उनले, लक्षण सामान्य भएपनि यसले निकै हतोत्साही बनाउने रहेछ भनेर पनि उल्लेख गरेका छन् ।