गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा – Himalayan Dainik

गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा


गौरिका सिंह ‘थर्टी अण्डर थर्टी’ एसियाको सूचीमा

काठमाडौँ, ८ वैशाख – नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित थर्टी अण्डर थर्टी एसिया सूचीमा परेकी छिन् ।

३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने एसियालीमध्येबाट उनी उत्कृष्ट ३० को सूचीमा परेकी हुन् ।

यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए । गौरिका ९ वर्षको उमेरदेखि नै पौडी खेलिरहेकी छिन् । उनले १२ वर्षको उमेरमा नेपालको राष्ट्रिय टोलिमा डेब्यू गरेकी थिइन् । उनी २०१६ मा रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन् । २०१९ मा आयोजना भएको दक्षिण एशियाई खेलमा उनले चार स्वर्ण, दुई सिल्भर र तीन कास्य जितेकी थिइन् ।