आईपीएल अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सको दोस्रो जित – Himalayan Dainik

आईपीएल अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सको दोस्रो जित


आईपीएल अन्तर्गतको खेलमा मुम्बई इन्डियन्सको दोस्रो जित

ऐजन्सी,५ वैशाख – गएराति भएको ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गतको खेलमा साविक विजेता मुम्बई इन्डियन्सले सनराईजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो ।हैदरावादका लागि जोनी बेयार्स्टोले सर्वाधिक ४३ रन बनाए । कप्तान डेभिड वार्नर ३६ रनमा आउट हुँदा विजय शंकरले २८ रन जोडे ।विराट सिंहले ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । हैदरावादलाई सस्तैमा समेट्न मुम्बईका ट्रेण्ड बोल्ट र राहुल चाहरले ३/ ३ विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डी ककले ४० रनको इनिङ्स खेल्दा केइरन पोलार्डले अविजित ३५ रन बनाए ।

यस्तै कप्तान रोहित शर्माले ३२ रन बनाए । इशान किशन १२ रनमा आउट हुँदा सुर्य कुमार यादवले १० रन बनाए । हैदरावादका विजय शंकर र मुजिब उर रहमानले २/२ विकेट लिए । जितसँगै मुम्बई लिगको शीर्ष स्थानमा उक्लिएको छ ।