आज विश्व हिमोफेलिया दिवस मनाइँदै – Himalayan Dainik

आज विश्व हिमोफेलिया दिवस मनाइँदै


आज विश्व हिमोफेलिया दिवस मनाइँदै

ऐजेन्सी,४ वैशाख – आज विश्व हिमोफेलिया दिवस  ‘परिवर्तनलाई आत्मसाथ गरौँ’ भन्ने नारासहित  मनाइँदै छ ।हिमोफेलियाको बारेमा सचेतना जगाउन यो दिवस अप्रिल १७ तारिखमा मनाउने गरिन्छ । हिमोफेलिया रगत सम्बन्धी रोग हो ।

कुनै पनि सामान्य व्यक्तिलाई चोट लागेपछि रगत बगेर केही समयमै रोकिन्छ । तर हिमोफेलिया भएका व्यक्तिमा भने चोट लागेको ठाउँमा बगिरहेको रगत जम्न पाउँदैन ।सामान्य मानिसको शरीरमा घाउचोट लाग्दा बगेको रगत जमाउने तत्व हुन्छ, जसले सामान्य चोटपटक लाग्दा धेरै रक्तश्राव हुन दिँदैन ।शरीरमा रगत जमाउन आवश्यक तत्वहरुको कमीका कारण लामो समयसम्म रक्तश्राव भइरहने अवस्था हिमोफेलिया हो । जसले गर्दा सानो चोटपटक लाग्दा पनि धेरै रगत बग्ने समस्या देखिने हेमाटोलोजिष्ट डा. विशेष पौडेल बताउनुहुन्छ । मांसपेशी र जोर्नीमा आन्तरिक रुपमा रक्तश्राव भएपछि शरीरमा निलो टाटाहरु देखिन्छ ।समस्या देखिनासाथ रगत जँचाउन उहाँको सुझाव छ । सामान्यतया हिमोफेलियाको लक्षण ६ महिनादेखि एक वर्षको उमेरभित्र थाहा हुन्छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक १० हजार व्यक्तिमा एकजनालाई हिमोफेलिया हुने गरेको तथ्याङ्क छ ।