सावधानी नअपनाए लकडाउन हुन सक्छ, सचेत बनौँ: प्रधानमन्त्री ओली – Himalayan Dainik

सावधानी नअपनाए लकडाउन हुन सक्छ, सचेत बनौँ: प्रधानमन्त्री ओली


सावधानी नअपनाए लकडाउन हुन सक्छ, सचेत बनौँ: प्रधानमन्त्री ओली

काठमाडौँ,२८ चैत -प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले उद्योग व्यवसायलाई अघि बढन बाधा पार्ने कानुनी प्रावधान र विलम्बकारी प्रशासनिक प्रक्रियालाई बदल्ने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारण सभा र उद्योग वाणिज्य दिवस कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानन्त्रले उद्योग व्यवसायीका लक्ष्यले सरकारसमेतको लक्ष्य भएको बताउनुभयो।

देशले लामो समयदेखि चुनौतिको रुपमा झेलेको व्यापार घाटाको नियमति वृद्धिमा हाल नियन्त्रण हुदै
गएको उल्लेख गर्दै प्रधानमन्त्रीले अब यो क्रमशः कम हुँदै जाने समेत बताउनुभयो ।‘उद्योग बाणिज्य क्षेत्रमा हड्ताल जस्ता समस्या समाधान गरिएको छ र सबै भन्दा महत्वपूर्ण कुरा नेपालबाट अब हिंसाको राजनीति समाप्त भएको छ’, प्रधानमन्त्रीको भनाई थियो ।

उद्योग बाणिज्यका हिसाबले भन्ने हो भने यो शान्ति भन्दा अनुकुल बातावरण अरु नहुन पनि उहाँले बताउनुभयो ।‘त्यतिबेला नेपालमा अकारण मारिने र अपरहण हुने र पिटाई खानुनर्पे अवस्था थियो । तपाईहरु लाई त्यस्तै नभए पनि गोजीमा होइन, थैला भरी पैसा बुझाएका त सबै यहाँ हुनहुन्छ’, प्रधानमन्त्रीले भन्नुभयो त्यसबाहेक सरकार व्यवसायी, मजदुरलाई एक अर्को प्रतिद्वन्द्वी समूह हुन भने जस्तो अवस्थामा अहिले निकै सुधार भएको पनि उहाँले बताउनुभयो । ‘अझै पनि केही समस्या छन् भन्नुहोस सँगै भसेर समाधान गरौं । सरकारलाई खास कुरा केन्द्रित गरेर बुँदागत नै दिनुहोस्’, उहाँको भनाइ थियो ।

आफ्नो व्यवसायमा परेको प्रशासनिक बाधा व्यवधान छन् भने लेखेर दिनपनि प्रधानमन्त्रीले व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।राजनीतिक प्रसंगतर्फ औंल्याउँदै प्रधानमन्त्रीले देश बनाउने र व्यक्ति स्वार्थ सिद्धि गर्ने चिन्न सक्नुपर्ने बताउनुभयो । ‘वास्तविकता र कुनै वस्तुको रंगिन विज्ञापन बिचमा भेद पाउँदैनो भने देश अलमलमा पर्छ,’ प्रधानमन्त्रीको भनाई थियो । गत एकवर्ष अवधिमा कोभिड १९ ले पारेको बाधाले समृद्धि प्राप्तिको रफ्तार घटेको भनाई पनि प्रधानमन्त्रीको थियो।

कोभिडले दुःख दियो तर हामीले जीवन पहिले भन्यौं , उहाँले भन्ने भयो अब पनि कोभिडलाई सावधानी पुर्वक सामना गर्नुबाहेक अरु उपाय प्रभावकारी नभएको बताउँदै प्रधानमन्त्री ओलीले थप्नुभयो, ‘सावधानी भएन भने फेरि लकडाउनमा पुग्दैनौ भन्ने के ग्यारेन्टी ’ ।

छिमेकी मुुलुक भारतमा एकै दिन डेढ लाख जनामा कोरोना संक्रमण भएको उल्लेख गर्दै आफ्ना उद्योग
व्यवयाय अनुशासित ढंगलले चलाउन पनि आग्रह गर्नुभयो ।सरकार सन् २०३० अगावै नेपालको विकास लक्ष्य पूरा गर्न लागि परेको बताउँदै निर्दिष्ट लक्ष्य तोकेरै मात्र अघि बढिएको पनि उहाँले बताउनुभयो । तथापि देशमा सरकार परिवर्तनको कुरा गर्न थालिएको बताउँदै प्रधानमन्त्रीले प्रतिप्रश्न गर्नभयो , अहिले सरकार कीन परिवर्तन गर्नु प¥यो आफ्ना विपक्षी नेताहरुले केही पनि भएन भन्ने गरेको उल्लेख गर्नुभयो । ‘यो भन्दा बढी त लखनौंको एक्का घोडाले पनि देख्छ । अन्त नदेखेपनि बाटो त त्यसले’ ।

हिजो गाडी चढदा हेल्मेट लगाउनु पथ्र्यो आज कति फरक आएको छ प्रधानमन्त्रीको भनाई थियो । संसदीय अंकगाणितलाई दुरुपयोग गरेर सरकार ढाल्न खोजिएको बताउँदै प्रधानमन्त्रीले सरकार जान्छ की भन्ने पिर नभएको समेत बताउनुभयो ।‘केही छैन । सरकारबाट बाहिरिनु परै हदमा २० महिना नहोला, त्यसपछि अंक गणितलाई तल माथि पार्ने सकुनीका गोटि पनि फ्याँकिने छन् ।