वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह – Himalayan Dainik

वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह


वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आग्रह

काठमाडौं ,२७ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बिहीबार उक्त आग्रह गर्नुभएको हो ।राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गर्नुभएको छ ।

उहाँले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो, औद्योगिक र सवारी साधनको धुवाँ, धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको बताउनुभएको छ।