अब चाँडै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : महामन्त्री कोइराला – Himalayan Dainik

अब चाँडै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : महामन्त्री कोइराला


अब चाँडै कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्छ : महामन्त्री कोइराला

चितवन, २८ चैत – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अब चाँडै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने बताएका छन् ।

शेरबहादुर देउवा संसदीय दलको नेता रहेकाले उनकै नृतृत्वमा कांग्रेस सरकारमा जान लागेको उनले स्पष्ट पारेका छन् । यद्यपि, अन्य दलहरुसँग पनि छलफल भइरहेको उनले बताएका छन् ।

जनता समाजवादी पाटीसँग सरकारका विषयमा छलफल भइरहेको र केही दिनमा नै टुङ्गो लाग्‍ने उनको भनाइ थियो । जसपाको निर्णय आएलगत्तै सरकार परिवर्तन हुने उनको विश्वास छ ।