चोटको कारण सुजलले एनएसएल नखेल्ने – Himalayan Dainik

चोटको कारण सुजलले एनएसएल नखेल्ने


चोटको कारण सुजलले एनएसएल नखेल्ने

काठमाडौं ,२८ चैत्र – नेपाली राष्ट्रिष्य टिमका मिडफिल्डर सुजल श्रेष्ठले पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) नखेल्ने भएका छन्। दुई साताअघि भएको नेपाल, बंगलादेश र कीर्गिस्तान सम्मिलित त्रिदेशी कपका क्रममा घाइते भएपछि सुजलले नेपाल सुपर लिग नखेल्ने भएका हुन् ।

वैशाख ११ देखि २५ गतेसम्म हुने एनएसएलका लागि पोखरा थन्डर्सले सुजललाई अक्नसबाट २ लाख रुपैयाँमा किनेको थियो । त्रिदेशीय कप खेल्ने क्रममा सुजलको पुरानै चोट बल्झिएपछि उनले एनएसएल गुमाउने भएका हुन्।नवयुग श्रेष्ठ मार्की खेलाडी रहेको पोखराले सुजलको स्थानमा रवि पासवानलाई अनुबन्ध गरेको छ । एनएसएलको अक्सनमा रविलाई कुनै क्लबले अनुबन्धन गरेका थिएनन्।खेल नखेले पनि सुजल पोखराको टिमसँगै हुनेछन् । सुजलले खेल्न सक्ने भएपनि उनलाई पोखराले म्यानेजरका रुपमा टिमसँगै राख्ने छ। यस्तै पोखराले घाइते सुशील राईको स्थानमा विशोन गुरुङलाई अनुबन्धन गरेको छ । नवीन न्यौपाने मुख्य प्रशिक्षक रहेको पोखराले डिफेन्डेर केट्चा वान्निक, मिडफिल्डर बिदिस रिम राफाइल र स्ट्राइकर मौसा अबागानालाई अनुबन्धन गरेको छ । एनएसएलका प्रत्येक टिमले ३ विदेशी खेलाडी अनुबन्धन गर्न पाउने छन्।दशरथ रंगशालामा हुने एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, एफसी चितवन, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्नेछन् ।