नेपाल पत्रकार महासंघ कास्कीमा तिन समूहबाट अध्यक्ष,उपाध्यक्ष र प्रदेश सदस्यमा महिला नै विजयी – Himalayan Dainik

नेपाल पत्रकार महासंघ कास्कीमा तिन समूहबाट अध्यक्ष,उपाध्यक्ष र प्रदेश सदस्यमा महिला नै विजयी


नेपाल पत्रकार महासंघ कास्कीमा तिन समूहबाट अध्यक्ष,उपाध्यक्ष र प्रदेश सदस्यमा महिला नै विजयी

काठमाडौँ,२६ चैत — नेपाल पत्रकार महासंघ कास्कीमा विमला भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।  प्रेस युनियन बाट अध्यक्ष पदमा बिमला भण्डारी, प्रेस चौतारी बाट महिला उपाध्यक्ष जमुना वर्षा शर्मा र प्रेस सेन्टरबाट प्रदेश सदस्यमा फोटो पत्रकार राधीका कँडेल विजय भएका छन । बुधबार सम्पन्न निर्वाचनमा भण्डारी १७४ मतसहित विजयी बनेकी हुन् । उनका प्रतिस्पर्धी केशवशरण लामिछानेले १२१ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा रामप्रसाद तिमल्सिना, उपाध्यक्ष (महिला)मा जमुना शर्मा वर्षा, सचिवमा माधव बराल, सहसचिवमा श्रीराम सिग्देल, सहसचिव (समावेशी)मा रेमबहादुर विक, कोषाध्यक्षमा कृष्ण दबाडी, सदस्य (महिला)मा सपना अधिकारी, सदस्य (दलित)मा विजय नेपाली, सदस्य ( आदिवासी/जनजाति)मा पदम श्रेष्ठ र सदस्य (अन्य समावेशी)मा जैनव खातुन विजयी भएका छन् ।

त्यस्तै खुला सदस्यतर्फ कञ्चन थापा, गीता रानामगर, धनबहादुर गुरुङ (सुमन), प्रभु अधिकारी, सन्तोष सुवेदी, शिवराज बस्ताकोटी (शिव दाइ), सन्तोष बस्याल, युवराज गुरुङ (युनिस) र हरि पन्त विजयी बनेका छन् । त्यस्तै राष्ट्रिय परिषद् सदस्यमा राजबहादुर गुरुङ, कमल पौडेल अथक, गङ्गाधर पराजुली, आरजु विष्ट सल्यानी र श्यामनाथ कुँवर विजयी बनेका छन् ।