च्याम्पियन्स लिग फुटबल पीएसजीको विजय – Himalayan Dainik

च्याम्पियन्स लिग फुटबल पीएसजीको विजय


च्याम्पियन्स लिग फुटबल पीएसजीको विजय

ऐजेन्सी, २६ चैत्र – बुधबार राति भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लिगमा खेलमा पीएसजीले साविक विजेता तथा जर्मन क्लब बायर्न म्युनिखलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गरे । मार्कविवन्होसले एक गोल थपे । बायर्नका एरिक म्याक्सिम मोटिङ र थोमस मुलरले एक एक गोल फर्काए । बायर्नको मैदानमा तेस्रो मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।खेलको २८ औं मिनेटमा मार्क्विवन्होसले गोल गर्दै पीएसजीको अग्रता २–० को बनाए । खेलको ३७ औं मिनेटमा मोटिङले गोल गर्दै बायर्नलाई २–१ को स्थितिमा ल्याए । ६० औं मिनेटमा मुलरले गोल गरेपछि खेल २–२ को बराबरीमा पुग्यो ।तर, खेलको ६८ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीलाई ३–२ को जित दिलाए ।

जितसँगै पीएसजीले बायर्नविरुद्ध गत वर्षको फाइनलमा व्यहोरेको हारको बदला लिएको छ । गत सिजन पीएसजीलाई १–० गोल अन्तरले हराउँदै बायर्नले उपाधि जितेको थियो ।