आजकाे माैसम : पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना – Himalayan Dainik

आजकाे माैसम : पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना


आजकाे माैसम : पहाडी भेगमा हल्का वर्षाकाे सम्भावना

काठमाडौँ,२६ चैत्र – देशमा स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसक पूर्वानुमान महाशाखाले जनाएको छ।देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने बाँकी भूभागका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।

राती पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि समान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा अपरान्हतिर मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।