कलाकार दिपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ – Himalayan Dainik

कलाकार दिपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ


कलाकार दिपाश्री निरौलालगायतको फेसबुक ह्याक गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ, २४ चैत

साइबर ब्युरोले दीपाश्री निरौलालगायत कलाकारहरूको फेसबुक ह्याक गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा सोमबार पर्सा बहुदजरमाई नगरपालिका-५ बस्ने १४ वर्षीय बालकलाई पक्राउ गरेको हो । निरौलालगायत केही कलाकारहरूको फेसबुक ह्याक गरी साथीहरूसँग पैसा माग गरेको भन्ने प्रहरी कार्यालयमा जाहेरी परेको थियो ।

सोही जाहेरीको आधारमा प्रहरीको टोलीले १४ वर्षीय बालकलाई जिल्ला अदालत काठमाडौंको पक्राउ अनुमतिमा पर्साबाट पक्राउ गरेको हो ।