व्यवसायी किशोर प्रधान नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त – Himalayan Dainik

व्यवसायी किशोर प्रधान नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त


व्यवसायी किशोर प्रधान नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त

काठमाडौं, २४ चैत

सरकारले व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गरेका हुन्। प्रधान हालै नेकपा एमाले प्रवेश गरेका थिए।

मन्त्री ढकालका प्रेस विज्ञ माधव तिवारीले प्रधानलाई चार वर्षका लागि निगमको सञ्चालक नियुक्त गरेको जानकारी दिए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन्।