स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाको जित – Himalayan Dainik

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाको जित


स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाको जित

ऐजेन्सी ,२४ चैत्र

स्पेनिस ला लिगा फुटबल अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि संघर्षपूर्ण जित निकालेको हो ।

क्याम्प नोउमा सम्पन्न खेलमा बार्सिलोनाले १-० को संघर्षपूर्ण जित निकालेको हो ।पहिलो हाफ गोरहितबराबरीमा रोकिएको खेलको दोस्रो हाफमा भालाडोलिड १० खेलाडीमा समेटिएको थियो। ओस्कार प्लानोले बार्सिलोनाका ओस्माने डेम्बेलेमाथि खराब ट्याकल गरेपछि ७९ मिनेटमा रेडकार्ड खाँदै बाहिरएका थिए। उता बार्सिलोनाका लागि ९० औं मिनेटमा डेम्बेलेले गोल गरे।

जुन गोल बार्सिलोनाको जितका लागि निर्णायक बन्यो।जितसँगै बार्सिलोना अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। बार्सिलोनाले २९ खेलबाट ६५ अंक जोडेको छ भने उता शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिडले समान खेलबाट ६६ अंक जोडेको छ। त्यस्तै २७ अंक जोडेको भालाडोलिड तालिकाको १६ औं स्थानमा छ।