नेकपाले बोलायो स्थायी कमिटी बैठक – Himalayan Dainik

नेकपाले बोलायो स्थायी कमिटी बैठक


नेकपाले बोलायो स्थायी कमिटी बैठक

काठमाडौँ, ३० वैशाख – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक बस्ने भएको छ ।

बुधबार पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी बैठक बोलाइएको बताइएको छ । बैठक माग गर्दै २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र नै पठाएका थिए । त्यसपछि सचिवालय बैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी बैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।