गरिब कै भाबनामा डुबदै समाज सेबि : राहत अभियानता – Himalayan Dainik

गरिब कै भाबनामा डुबदै समाज सेबि : राहत अभियानता


गरिब कै भाबनामा डुबदै समाज सेबि : राहत अभियानता
महेश सिंह सिरहा ३० बैशाख –  राहत अभियानताको राहत बाडने काम जारी नै रहेको छ् गरिबको दु:ख , पिडा र भावना बुझन गाउँ – गाउँ पुगने गरेको छ । राहत दिन सिरहाको लहान नगर पालिका वडा नम्बर १९ छरापटि पुगेका थिए । १ सय २५ घर धुरीलाई राहत दिन महेश चैधरी , संगिता कर्माचार्यको जोडिले गरिबीको घर पुगने थिए । यि जोडीले समाजसेवामा होमिनु भएको छ ।
राहत वितरण अभियानमा लागेका यि जोडीहरुको हेरे अरु ब्यक्तीहरुको मन गरीबहरु प्रति ध्यान केन्द्रित भएको छ । जितन यादव र उनकी श्रीमतीको समुहले राहत दिन गरिबको घर पुगेका थिए । १२ क्युनटल ५० किलो चामल , तेल, स्वाविन, नुन लगायतको राहत सामग्री वितरण गरेका हुन् ।
बिपन्न परिवार बिहान देखि यी जोडि कति खेर आउँछ आश र प्रतिक्षामा बसेका थिए । आज के खाने चिन्तित विपन्नहरु परिवारको घरमा राती चुल्हो बाल्न चिन्ता थियो उनीहरुलाई देख्ने बितिकै हर्षित भएको एक जना विपन्न कारी ले बताए । महेश र संगिताको एक छोरा अस्ट्रेलियामा छन भने एक छोरा र छोरी अमेरिकामा छन् । उनीहरु एपोलो बोर्डिङ स्कुल लहानका संचालक पनि हुनुहुन्छ ।
बाल्यकाल देखि नै समाजसेवामा रुचि राख्ने उनिहरुलाई छोराछोरी पनि सहयोग गरिरहेको उनिहरु बताउँछन् । वुवा पैसाको चिन्ता नलिनुस बिपत्तिको बिपत्तिको वेला सहयोग गर्नुस हामी पनि साथ दिन्छौ महेश चैधरीले बताउनु हुन्छ । यस्तो बिपतको घडीमा हाम्रो राहत बाडने रुकदैन बताए ।