विवादित मोडल पुनम पाण्डेको लकडाउनमा अर्को हरकत – Himalayan Dainik

विवादित मोडल पुनम पाण्डेको लकडाउनमा अर्को हरकत


विवादित मोडल पुनम पाण्डेको लकडाउनमा अर्को हरकत

मुम्बई, २९ वैशाख – सधैं विवादमा आइरहने भारतीय मोडल पुनम पाण्डे पुनः एक पटक विवादित बनेकी छिन् ।

लकडाउनका समयमा एक व्यक्तिसँग मुम्बईको मरिन ड्राइभमा जाँदै गरेको अवस्थामा उनी पक्राउ परेकी छिन् । उनी एक ४६ वर्षीय पुरुषसँग बीएमडब्लू गाडीमा यात्रा गर्दागर्दै पक्राउ परेकी हुन् । विवादमा आईरहने मोडल पाण्डेलाई लकडाउनको नियम तोडेको आरोपमा पक्राउ गरिएको एफआईआर दर्ता गरिएको जनाइएको छ ।

उनी ४६ वर्षीय साथी सैम अहमदका साथ बिना कुनै कारण घरबाहिर निस्केपछि लकडाउनको नियम उल्लंघन गरेको आरोप लगाई उजुरी दर्ता गरिएको जनाइएको छ ।

उनी यसअघि सन् २०११ सालमा भारतले विश्वकप उपाधि हातपरेको खण्डमा नांगै हुने बताएपछि विवादित बनेकी थिइन् ।