आजको मौसम – Himalayan Dainik

आजको मौसम


आजको  मौसम

काठमाडौँ, २९ वैशाख – आज देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको अनुसार अहिले बदली भएको ठाउँको मौसम विस्तारै खुल्ने तर दिउँसोपछि फेरि बदली भई विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने संभावना रहेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशका धेरै ठाउँको मौसम बदली भएको हो । आज दिउँसो स्थानीय वायु सक्रिय भएपछि फेरि मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने संभावना रहेको महाशाखाले जनाएको छ ।