भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण देखियाे – Himalayan Dainik

भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण देखियाे


भारतमा एकैदिन ४३ सयमा कोरोना संक्रमण देखियाे

काठमाडौँ, २९ वैशाख – भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

आइतबार भारतमा काेराेना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । यससँगै भारतमा काेराेना संक्रमितकाे संख्या ६७ हजार नाघेकाे वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । अहिलेसम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेकाे संख्या २ हजार २१२ पुगेकाे छ ।

आइतबार त्यहाँ काेराेनाका कारण १११ जनाकाे मृत्यु भएकाे छ । भारतमा २० हजार ९६९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

भारतीय सरकारले पछिल्लाे चरणकाे लकडाउन मे १७ (जेठ ४) सम्म पुर्याएको छ ।