कोरोनाको संक्रमणबाट विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ८० हजार संक्रमित – Himalayan Dainik

कोरोनाको संक्रमणबाट विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ८० हजार संक्रमित


कोरोनाको संक्रमणबाट विश्वभर २ लाख ८३ हजारको मृत्यु, ४१ लाख ८० हजार संक्रमित

काठमाडौं , २९ वैशाख  – कोरोना भाइरसका कारण विश्वमा ४१ लाख ८० हजार संक्रमित देखिएका छन् भने २ लाख ८३ हजार भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा करिब ८० हजार नयाँ संक्रमितका साथै ३ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ ।

अमेरिकामा संक्रमितको संख्या १३ लाख ६७ हजार ३ सय ३८ पुगेको छ भने ८० हजार ७ सय ८७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा करिब एक महिनाको तुलनामा सबैभन्दा कम ७ सय ५० जनाको मृत्यु भएको छ ।

त्यस्तै हालसम्म विश्वभरी २ लाख ८३ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ भने ४१ लाख ७९ हजार ८ सय ३९ जना संक्रमित देखिएका छन् । पछिल्लो तथ्यांक अनुसार विश्वभर उपचारपछि घर फर्कनेको संख्या १४ लाख ९० हजार ५ सय ११ पुगेका छन् ।