यी विषयमा केन्द्रित रहि आगामी बजेट प्रस्तुत हुने अर्थमन्त्री डा. खतिवडाको भनाई – Himalayan Dainik

यी विषयमा केन्द्रित रहि आगामी बजेट प्रस्तुत हुने अर्थमन्त्री डा. खतिवडाको भनाई


यी विषयमा केन्द्रित रहि आगामी बजेट प्रस्तुत हुने अर्थमन्त्री डा. खतिवडाको भनाई

काठमाडौँ, २८ वैशाख – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटका सिद्धान्त र प्राथमिकताका विषयहरू प्रतिनिधि सभामा पेश गर्नु भएको छ ।

उहाँले आज प्रतिनिधिसभामा पेश गर्नुभएको बजेटको सिद्धान्त र प्राथमिकताका विषयहरु:

१. आगामी बजेट कोभिड १९ रोकथामका लागि चालिएका कदमबाट अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावबाट छिटो भन्दा छिटो वाहिर निस्कन सक्ने गरी तयार पार्ने,
२. आर्थिक सिथिलता अन्त्य गर्दै विकाश, सुसासन र समृद्धिलाई सुचारु गर्ने मुल ध्येयका साथ आगामी बजेट प्रस्तुत हुने,
३. कोरोनाले सरकारी वित्त निजी क्षेत्र, रोजगारीजस्ता प्रभावित क्षेत्रको पुनरोत्थान हुने गरी नयाँ बटेज आउने,
४. आन्तरिक स्रोतको परिपुरकका रुपमा अन्तराष्ट्रिय सहायतालाई परिचालन गरिने छ, यसका लागि बजेट सहायता परिचालन विधि प्रक्रिया र सर्तहरु पुनः संरचना गरिने,
५. कोरोना सृर्जित प्रभवाबाट निजीक्षेत्रलाई मुक्त गर्न पनि बजेटमा आवश्यक व्यवस्था गर्ने, पीडित निजी क्षेत्रले कर सहुलियत र मैद्रिक उपकरण गरी दुई खाले परिपुरण पाउने,
६. आर्थिक सिथिलता र उद्योग व्यवसाय बन्द हुँदा गुमेको रोजगारीलाई पुनःस्थापना गर्ने योजना पनि बजेटमा ल्याइने,
७. कोरोनाका कारण वैदेशिक रोजगारीबाट फर्केका र थप फर्कन सक्नेलाई कृषि साना घरेलु तथा सेवा क्षेत्रमा उत्प्रेरित गर्ने कार्यक्रम पनि आउने, सिममुलक तालिममार्फत उनीहरुलाई उत्पादनमुलक काममा जोडने,
८. निजीक्षेत्र र वैदेशिक लगानीलाई पनि रोजगारी तर्फ केन्द्रित गरिने,
९. मूल्य बृद्धिलाई वान्छित सीमाभित्र राख्ने र दीगो र उच्च आर्थिक बृद्धि हासिल गर्ने गरी बजेट तर्जुमा गरिने ।