सडक निर्माण रोकेरै भए पनि सीमामा काँडेतार लगाउन नेकपा भातृसंगठनको माग – Himalayan Dainik

सडक निर्माण रोकेरै भए पनि सीमामा काँडेतार लगाउन नेकपा भातृसंगठनको माग


सडक निर्माण रोकेरै भए पनि सीमामा काँडेतार लगाउन नेकपा भातृसंगठनको माग

काठमाडौं, २८ वैशाख – सत्तारुढ नेकपा सम्बद्ध युवा र विद्यार्थी संगठनले भारतीय सीमामा काँडेतार लगाउन माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै दुवै संगठनका नेताहरुले सीमामा काँडेतार लगाउन, सीमा सम्बन्धी सम्पूर्ण समस्या समाधानका लागि उच्च तहबाट निर्णायक पहल लिन पनि माग छ । भारतले सीमा मिचेर नेपाली भूमिमा सडक बनाएकोले उक्त काम तत्काल रोक्न पहल गर्न नेपाल सरकारलाई माग राखेको छ ।

राष्टिय युवा संघ का संयोजक रामप्रसाद सापकोटा (दीपशिखा), सहसंयोजक रमेश पौडेल, अखिलका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले हस्ताक्षर गरेको ज्ञापनपत्र आज मन्त्री ज्ञवालीलाई बुझाइएको हो ।

त्यसक्रममा ज्ञवालीले यो विषयमा नेपाल सरकारले कुटनीतिक पहल जारी राखेको बताएका थिए ।

विज्ञप्तिः

youth_1