नेपालमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुग्यो – Himalayan Dainik

नेपालमा कोरोना संक्रमितको संख्या १ सय ४३ पुग्यो


नेपालमा कोरोना संक्रमितको संख्या १ सय ४३  पुग्यो

काठमाडौँ, २७ बैशाख – उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिदै उनीहरु सबै १४३ जनाको  आइसोलेनमा उपचार भइरहेको जनाएका छन ।

उनका अनुसार देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको र यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको छ ।

शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको उनको भनाइ छ । उनका अनुसार प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि देवकोटाले बताए ।

हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ । पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।