आइतबारदेखि सबै बैंकका शाखा खुला – Himalayan Dainik

आइतबारदेखि सबै बैंकका शाखा खुला


आइतबारदेखि सबै  बैंकका  शाखा खुला

काठमाडौँ, २६ वैशाख – आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच  उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।

खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालका अनुसार एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खुल्ला हुने भएको छ ।

सरकारी निर्णय अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने साथै एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् । माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए ।