स्वदेश फर्कन पाउनुपर्ने मागसहित चिनिया नागरिक धर्नामा, प्रहरी रचिनियाँ नागरिकबीच झडप ( फोटो फिचर ) – Himalayan Dainik

स्वदेश फर्कन पाउनुपर्ने मागसहित चिनिया नागरिक धर्नामा, प्रहरी रचिनियाँ नागरिकबीच झडप ( फोटो फिचर )


स्वदेश फर्कन पाउनुपर्ने मागसहित चिनिया नागरिक धर्नामा, प्रहरी रचिनियाँ नागरिकबीच  झडप ( फोटो फिचर )

काठमाडौँ, २६ बैशाख –  स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै सिंहदरबारमा धर्ना दिन गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

 

विनाकुनै जानकारी लकडाउनको निषेधित क्षेत्र तोडेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्ने क्रममा झडप भएको हो । महागनरीय प्रहरी कार्यालय, रानीपोखरीका अनुसार  सिंहरदरबार अगाडि ३३ जना चिनियाँ नागरिक जम्मा भएका थिए ।

सुरक्षाकर्मी भिड तितरवितर पार्न पुगेपछि चिनियाँ नागरिकहरूले प्रहरीलाई ढुंगामुढा गरेको र त्यसक्रममा ३३ जना नै चिनियाँ नागरिक पक्राउ परेका छन् ।

चिनियाँ नागरिक र प्रहरीबीच भएको घम्साघम्सीमा महानगरीय प्रहरी वृत्त, सिंहदरबारका डीएसपी हरिबहादुर बस्नेत, एक जना महिला प्रहरी र चिनियाँ नागरिकतर्फ तीन जना घाइते भएका छन् ।