स्वस्तिमा अब अमेरिकन चलचित्रमा काम गर्दै – Himalayan Dainik

स्वस्तिमा अब अमेरिकन चलचित्रमा काम गर्दै


स्वस्तिमा अब अमेरिकन चलचित्रमा काम गर्दै

काठमाडौँ, २३ बैशाख – नायीका स्वस्तिमा खड्काले अब अंग्रेजी भाषाको फिल्ममा काम गर्ने भएकी छन । उक्त फिल्म अमेरिकन टोलीले निर्माण गर्नेछन् र मुख्य अभिनेत्रीको भूमिकामा स्वस्तिमालाई लिइएको छ । अभिनेताको रुपमा भने अमेरिकन कलाकार नै तय भएका छन् ।

स्वस्तिमा र चलचित्र युनिट बीच लिखित सम्झौता पनि भइसकेको छ । निर्माण पक्षले नेपाल नै आएर अन्य केही अभिनेत्रीहरुसँग पनि अडिसन लिएको थियो । जसबाट स्वस्तिमा पक्का भएकी हुन् । अडिसन झण्डै २ महिना अगाडि भएको थियो ।

नाम सार्वजनिक नभएको उक्त चलचित्रको छायांकन जुलाईबाट सुरु गरिने तय भएको थियो । अब भने कोरोनाको त्रास सकिएपछि छायांकन सुरु हुने बुझिएको छ । फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा नै हुनेछ ।