अहिलेसम्मकै सस्तो आईफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य – Himalayan Dainik

अहिलेसम्मकै सस्तो आईफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य


अहिलेसम्मकै सस्तो आईफोन सार्वजनिक, यस्ता छन् विशेषता र मूल्य

काठमाडौं, १० वैशाख – एप्पलद्वारा उत्पादित आईफोन एसई सार्वजनिक भएको छ । लामो समय देखि चर्चामा रहेको र सार्वजनिक हुने मिति परिवर्तन हुँदै आएको सेकेन्ड जेनेरेसन आइफोन एसई कोरोना महामारीकाबीच अमेरिकामा सार्वजनिक भएको हो ।

अर्फोडेबल सेकेन्ड जेनेरेसन आइफोन एसईमा ४।७ इन्टको रेटिना एचडि डिस्पले रहेको छ । यो फोनको मूल्य ३ सय ९९ डलर मात्र रहेको छ । भर्खरै सार्वजनिक भएका यो फोन अमेरिकामा एप्पल डट कमबाट प्रि अर्डर गरी किन्न सक्ने कम्पनीले जनाएको छ । त्यसै गरी अप्रिल १७ बाट यो मोवाइल एप्पल स्टोरबाट पनि अर्डर गर्न सकिन्छ ।

अप्रिल २४ सम्ममा अमेरिकामा आधिकारिक बिक्रेता र करिब ४० देशबाट आइफोन एसई बिक्री हुने कम्पनीले जनाएको छ । आइफोन एसई ६४ जिबी, १२८ जिबी र २५६ जिबी गरी तीनवटा अप्सनमा उपलब्ध हुनेछ । त्यसै गरी ग्राहकले कालो, सेतो र रातो रङमा मोवाइल किन्न पाइनेछन ।

आइफोन एसईमा एप्पलले डिजाइन गरेको ए–१३ बायोनिक, द्रुत गतिको चीप । अहिलेसम्मकै सर्वाधिक राम्रो सिंगल क्यामरा सिस्टम रहेको कम्पनीको दाबी छ ।

नयाँ आइफोनमा एरोस्पेश ग्रेड आल्मुनियन र ड्युरेबल ग्लास रहेको छ जसमा अग्रभाग पुरै कालो रहेको छ । त्यसै गरी सपफिर क्रिस्टल सहितको होम बटनले सेन्सरलाई संरक्षण गर्दछ । प्रयोगकर्ताको फिंगरप्रिन्ट डिकेक्ट गर्नका लागि यो फोनमा स्टील रिंङ राखिएको छ ।

आइफोन एसईमा वायरलेस चार्जिङ क्षमता रहेको छ जसमा क्वीआई सर्टिफाइड चार्जर रहेको छ । उक्त चार्जरले एकदम छिटो चार्ज गर्नुका साथै ३० मिनटमा ५० प्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यो फोनमा १२ मेगापिक्सलको क्यामरा रहेको छ ।

मध्यम वर्गमा एप्पल फोनको पहुँच बढाउन सस्तो क्यामेरा उत्पादन गरिएको कम्पनीले जनाएको छ । सस्तो मूल्यको यो आइफोनले धेरै ग्राहकको मन जित्नुका साथै एप्पलमा पहुँच पुर्याउने कम्पनीको दाबी छ ।

twitter sharing button
email sharing button