‘क्यूआर कोड’ले यसरी नियन्त्रण गर्छ कोरोना भाइरस, चीनमा प्रयोग बढ्यो – Himalayan Dainik

‘क्यूआर कोड’ले यसरी नियन्त्रण गर्छ कोरोना भाइरस, चीनमा प्रयोग बढ्यो


‘क्यूआर कोड’ले यसरी नियन्त्रण गर्छ कोरोना भाइरस, चीनमा प्रयोग बढ्यो

काठमाडौं,४ वैशाख – विश्वभर महामारीकारुपमा फैलिएको कोरोना विरुद्ध लडने चीनमा डिजिटल क्यूआर कोड प्रयोग गर्न थालिएको छ । अब चीनमा दैनिक गतिविधि मोवाइलमा देखिने रङले नियन्त्रण गर्ने भएको छ । एकछिन अनुमान गरौं त– हाम्रा प्रत्येक गतिविधि स्मार्ट फानेमा एपमा निर्भर छ भन्दा अचम्म लाग्न सक्छ ।

घर छोडने, काममा जाने बाटो चयन गर्ने, क्याफे, रेष्टुरेन्ट र सपिङ मल लगायत प्रत्येक चाल मोवाइलमा देखिने रङका आधारमा हुन्छन । यो कल्पना चीनमा भने लाखौं जनतामा सत्य भइसकेको छ ।

मोवाइल प्रविधि र ठुलो तथ्यांकमा आधारित भएर मानिसको चलायमान र कोरोना संक्रमण रोकथामका लागि चीन सरकारले रंङमा आधारित हेल्थ कोड प्रणाली प्रयोगमा ल्याएको छ । स्वत बन्ने कोडहरु क्यूआर कोड बनी मानिसको स्वास्थ्य अवस्था थाहा दिन प्रयोग हुन्छन् ।

अधिकारीहरुले हेल्थ कोड अनिवार्य बनाउन बाँकी भएपनि कतिपय शहरमा नागरिकहरु एपबिना निवास छोड्न वा सार्वजनिक ठाउँमा जान पाउँदैनन् ।

चीनको यो कामलाई पछ्याउँदै अन्य सरकारहरुले पनि कोरोना भाइरस रोकथामका लागि यस्तै प्रविधि लागु गर्न थालेका छन् । सिंगापुरले पनि गत महिना कन्ट्याक्ट ट्रेसिङ स्मार्टफोन एप सार्वजनिक गरेको थियो । उक्त एपले अधिकारीहरुलाई कोरोनाका विरामीसँग सम्पर्कमा आएका मानिसहरु पहिचान गर्न सहज बनाउँछ ।

जापान सरकारले पनि यस्तै एप प्रयोगमा ल्याउने तपारीमा जुटेको छ । मस्कोले पनि कोरोना संक्रमण रोकथामका लागि क्वीआरकोडमा आधारित प्रणाली प्रयोगमा ल्याएको छ ।

महामारीलाई नियन्त्रण गर्न प्रविधिले अब महत्वपुर्ण भुमिका खेल्ने चीनका स्वाथ्य विज्ञ सिएनएनलाई बताएका छन । उनले कोरोना नियन्त्रण गर्न कन्ट्याक्ट ट्रेसिंङ आवश्यक भएको र यस्तो शुरुवात विश्वका धेरै ठाउँमा भएको समेत उनले प्रष्ट पारे ।

कसरी गर्छ काम ?

चीन सरकारले देशमा रहेका दुईवटा इन्टरनेट जाइन्टस अलिबाबा र टेन्सेन्टलाई सहयोगीको सुची राखेको छ । उनीहरुले लोकप्रिय स्मार्ट एप्समा हेल्ग कोड होस्ट गर्नेछन । अलिबाबाको मोवाइल पेमेन्ट एप अलिपे र टेन्सेन्टको म्यासेजिंङ एप विच्याट चीनमा निकै लोकप्रिय र प्रयोगमा छन् । यी प्लेटफर्ममा कोड राखेपछि धेरैकोमा सजिलै पहुँच पुग्छ ।

अलिबाबा रहेको ह्याङजाउ कुन नागरिक क्वारेन्टाइन जाने भन्ने विषयमा हेल्थ कोड प्रयोगमा ल्याउने पहिलो शहर हो । यो सिस्टम फेब्रुअरी ११ मा अलिपे ले सार्वजनिक गरेको थियो । हेल्थ कोड पाउनका लागि नागरिकहरुले आफ्नो नाम, नेशनल आइडेन्टीटी नम्वर वा पासपोर्ट नम्बर, फोन नम्बर साइन अप पेजमा भर्नुपर्छ ।

त्यसपछि उनीहरुलाई आफ्नो ट्राभल हिस्ट्री र कोरोना संक्रमितसँग विगत १४ दिनभित्र सम्पर्कमा आएको नआएको बारे सोधिन्छ । उनीहरुलाई कोरोनाका कुनै लक्षण भए नभएको पुष्टि गर्नका लागि कोठाहरुमा टिक लगाउन लगाइन्छ । सबै सूचना भेरिफाइ भएपछि प्रत्येक प्रयोगकर्तालाई रेड, पहेलो वा हरियो रंङमा क्यूआर आर कोड दिइन्छ ।

रातो कोड पाएका प्रयोगकर्ताहरु सरकारको क्वारेन्टाइन वा सेल्फ क्वारेन्टाइनमा १४ दिन जानुपर्छ । पहेँलो रङको क्यूआर कोड भएकालाई ७ दिनका लागि क्वारेन्टाइनमा राखिन्छ भने हरियो रङको कोड भएकाहरु शहरमा निष्फिक्रि हिडन पाउने ह्याङजाउ शहरका अधिकारीहरुले सिएनएनसँगको कुराकानीमा बताएका छन ।

ह्ेल्थ कोडले मानिसहरुको सार्वजनिक ठाउँमा हुने घुमघामलाई पनि ट्रयाक गर्न सहयोग पुर्याउँछ । क्वीआर कोड भएका मानिसहरु सार्वजनिक ठाउँमा जादा कोड स्क्यान गरिन्छ ।

कुनै मानिसमा संक्रमण पुष्टि भएमा संक्रमित व्यक्ति पुगेको ठाउँ र उसको सम्पर्कमा आएका मानिसहरुको पहिचान गर्न निकै सहज हुन्छ ।

अलिपेमा हेल्थ कोड विकाससँग नजिक रहेर काम गरेका एक व्यक्तिले सिएनएसँग भनेका छन- यो प्रक्रिया चीन सरकारले विकास गरी सञ्चालनमा ल्याएको हो । अलिपेले प्लेटफर्म र प्राविधिक सहयोग मात्र गर्छ । टेनसेन्टले पनि वीच्याटमा यस्तै क्वीआर कोड प्रणाली विकास गरेको छ । टेनसेन्टले फेब्रुअरीको शुरुमै सेन्जेन शहरमा यो प्रणाली प्रयोगमा ल्याएको थियो ।

यो प्रविधि सार्वजनिक भएको एक हप्ताभित्रै अलिपे हेल्थ कोडहरु एक सय भन्दा धेरै शहरमा रोल आउट गरिएको थियो । समाचार एजेन्सी सिनुवाका अनुसार फेबु्रअरी १५मा स्टेट काउन्सिलले अलिपेलाई हेल्थ कोडको विकास र रोल आउट एकदम दु्रत गतिमा गरी राष्ट्रव्यापी बनाउन निर्देशन दिएको थियो ।

फेबु्रअरीको अन्त्यसम्ममा २ सय भन्दा धेरै शहरहरुले कोड प्राप्त गरेको अलिपेले जनाएको छ । त्यसैगरी टेनसेन्टले तयार गरेका कोड सिस्टम पनि ३ सयभन्द धेरै शहरमा पुगिसकेको छ ।

यहि मार्च १ मा बेइजिङले तीन रङमा आधारित क्वीआर कोड भर्सन सार्वजनिक गरेको थियो । बेइजिङमा सार्वज्निक गरिएका उक्त कोडहरु अलिपे र वीच्याट दुबैमा उपलब्ध छन । मार्च १० मा उक्त राज्यले राज्यभित्र यात्रा गर्न चाहानेहरुलाई हेल्थ कोड प्रदान गरेको थियो ।