एन्फाद्वारा आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण – Himalayan Dainik

एन्फाद्वारा आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण


एन्फाद्वारा आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण

काठमाडौं ,२५ चैत – अखिल नेपाल फुटबल संघ एन्फाले आफ्ना दुई एम्बुलेन्स ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्नका लागि सबै सबैले सहयोग गरिरहेको अवस्थामा एन्फाले आफ्ना दुई एम्बुलेन्स सहयोग गरको हो ।

एम्बुलेन्स कोरोना भाइरसको महामारी सकिन्जेल सम्मका लागि ललितपुर महानगरले प्रयोग गर्नेछ । कोरोनाको संकट अन्य भएपछि महानरले एन्फालाई एम्बुलेन्स फिर्ता गर्नेछ ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । एन्फाले यसअघि नै आफ्ना भौतिक संरचनाहरु कोरोना भाइरसको आइसोलेसन र क्‍रेन्टाइनका लागि प्रयोग गर्न मिल्ने बताइसकेको छ ।