राष्ट्रिय खेलकुद परिषदद्वारा लकडाउनको पूर्ण पालना गर्न अपिल – Himalayan Dainik

राष्ट्रिय खेलकुद परिषदद्वारा लकडाउनको पूर्ण पालना गर्न अपिल


राष्ट्रिय खेलकुद परिषदद्वारा लकडाउनको पूर्ण पालना गर्न अपिल

काठमाडौं,२१ चैत – राष्ट्रिय खेलकुद परिषदले लकडाउनको पूर्ण पालना गर्नका लागि अपिल गरेको छ । परिदषदका प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले एक अपिल जारी गर्दै खेलाडी, प्रशिक्षक, कर्मचारी तथा संघ–संस्थाका पदाधिकारीलाई सुरक्षित रहन भनेका छन् ।

“विश्वव्यापी महामारीका रूपमा देखापरेको कोराना भाइरस कोभिड १९ संक्रमणबाट बच्न चेतना अभिवृद्धिका लागि नेपाल सरकारले गरेको  लकडाउनको अपिल घरमै बसी व्यवहारिक रुपमा पालना गदै आएका खेलाडी, प्रशिक्षक, कर्मचारी तथा संघसंस्थाका पदाधिकारी के कस्तो अवस्थामा रहेका छन् परिषद्ले चासो देखाएको छ,” परिषदको अपिलमा छ ।

अपिलमा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा संघ–संस्थाका पदाधिकारी अवस्था के छ सोबारे परिषदमा जानकारी गराउन पनि आग्रह गरिएको छ ।

परिषद्ले लकडाउनको अवस्थामा धैर्य, संयमित भई आफ्ना भौतिक पूर्वाधारमा बन्ने आइसोलेसन कक्षमा पूर्ण रूपले सहयोग गर्न पनि सबैमा अपिल गरेको छ ।