लकडाउनको समयमा घरमै बसी बनाउनुहोस शरीरलाई स्फुर्ति – Himalayan Dainik

लकडाउनको समयमा घरमै बसी बनाउनुहोस शरीरलाई स्फुर्ति


लकडाउनको समयमा घरमै बसी बनाउनुहोस शरीरलाई स्फुर्ति

काठमाडौं  ,१३ चैत – सबैभन्दा पहिले म तपाईंहरुलले कोभिड-१९ को जोखिम न्यूनीकरण गर्न घरमै बसेर कहिँ कतै न निस्किकन सहयोग पुर्याउनु हुन्छ भन्ने आशा गर्दछु । देशको जिम्मेवार नागरिकको हैसियतले हामी सबैले मिलेर यो महामारीको सबै क्षेत्रबाट डटेर सामना गर्नु पर्दछ ।

यति बेला हाम्रो शरिरमा फिजिकल अति आवश्यक पर्ने कुरा हो । यति बेला देश भर लकडाउन भएको अवस्था छ। र विश्व महामारी को रुपमा भित्रीएको कोभिड-१९ ले गर्दा यसलाई पहिलेको भन्दा थप संबेदनशील बनाएको छ। कोभिड-१९ को जोखिम रहेसम्म एक आपसमा भेट्ने कुराकानी गर्ने समुहरुमा खेल्ने नगरी घरैमा बसि आफ्नो कोठामा बसेर यति बेला हाम्रो शरीरलाई तन्दुरुस्त बनाउन र फ़ुर्तिलो राख्नको लागि र रोगसँघ लड्न को लागि शरीरमा चाहिने इमुनिटी पावर बढाउनको लागि फिजिकल अपरिहार्य रहेको छ र यो सबैले आफ्नै घरमा बसेर आफुले जानेको सिकेको र इन्टरनेटको सहि सदुपयोग गरि युब्ट्युब्को सहायता लिइ सेल्फ फिजिकलको माध्यम द्वारा आफ्नो शरीरलाई फ़ुर्तिलो बनाइराख्न आग्रह गर्दछु।

यो समयमा आपसमा ‘सामाजिक दुरी’ कायम गर्न र घरमै बस्न सरकारले गरेको अनुरोधलाई आमजनसमुदायले गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ। फिट्नेस भन्नेबित्तिकै सामान्यतयाः हामी सबैले शारीरिक बनावट तन्दुरुस्त राख्ने भन्ने बुझ्छौँ । तर, शारीरिक व्यायामले मानसिक तथा अत्मविश्वासको तह पनि बढाउँछ । व्यायाम शारीरिक सुगठनका लागि मात्र गरिँदैन भन्ने बुझ्नुपर्छ । शरीर र मनलाई स्फूर्त राख्ने हामीले शारीरिक व्यायामका लागि केही समय छुट्याउनुपर्ने हुन्छ । हरेक दिन घरमै बसेर थोरै समय शारीरिक व्यायम गर्दा शरीर, मन र दिमाग स्वस्थ राख्न मद्दत पुग्छ ।  नियमित गर्दै आएको कामभन्दा पनि यो फुर्सदमा नयाँ तथा रचनात्मक काम गर्न सकिन्छ । जस्तो साहित्यतर्फ झुकाव छ भने कथा, कविता, निबन्ध, प्रबन्ध, संस्मरण आदि लेख्न सकिन्छ । पुस्तक नै लेख्ने योजना भए वा खेस्रा तयार भए विज्ञहरूसँग छलफल गरी त्यसलाई पुस्तकको रूप दिनु उपयुक्त हुन्छ । संगीत पारखीहरूले यो लामो बिदाको उपयोग संगीत सिक्न सक्नुहुन्छ । यतिबेला वाद्यवादन सिक्न वा वाद्यवादनसम्बन्धी पुस्तकहरू अध्ययन गर्न सकिन्छ । कलाकारितामा रुचि भएकाहरूले पनि सम्बन्धित पुस्तकहरू अध्ययन गर्न सक्छन् । कुनै खेलप्रति रुचि भए ती खेलको प्रशिक्षण लिन वा आफूसँग भएको ज्ञान–सीप दाजुभाइ, दिदीबहिनी, साथीभाइहरूबीच बाँड्न सकिन्छ । आफूसँग राम्रो ज्ञान भए त्यो ज्ञान अरूलाई सिकाए आफूसँग भएको ज्ञान थप मौलाउँछ

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु गर्दा पनि विस्तारै-विस्तारै तथा थोरैबाट सुरु गरेर क्रमशः समय बढाउँदै लैजानुपर्छ । त्यसको लागि निश्चित लक्षण निर्धारण गर्नुका साथै आफूलाई उत्प्रेरित गर्न जरुरी छ ।

केही नगर्नुभन्दा केही गर्नु राम्रो भने झै कम्तीमा पाँच मिनेट शारीरिक गतिविधिबाट पनि व्यायाम सुरु गर्न सकिन्छ । यसलाई पछि विस्तारै बढाउन सकिन्छ । व्यायाम गर्दा एरोविक तथा शरीर सुगठित बनाउने व्यायाम गर्न सकिन्छ । यस्तो बेला झन् घरमा यतिकै बसेको खन्डमा शरीरमा विभिन्न किसिमका मुटु रोग, उच्च रक्तचाप, मधुमेह तथा अन्य कुनै स्वास्थ्य समस्या निम्तन सक्छ त्यसैले पनि कुनै पनि व्यक्तिले यो फुर्सदको समयलाई सहि सदुपयोग गरौं।

सातामा कम्तीमा साढे दुई घण्टा मुटुको धड्कन बढ्ने, पसिना आउने किसिमको व्यायाम गर्न जरुरी छ । यसको लागि अहिलेको समयमा घर भित्रै हिँड्ने, तल माथि गर्ने पुसअप गर्ने , सेटअप गर्ने डान्स गर्ने लगायतका गतिविधि गर्न सकिन्छ । त्यसबाहेक यस्ता प्रत्येक गतिविधिलाई दश-दश मिनेटको गतिविधिमा बाँडेर दश मिनेट फटाफट हिँड्ने, दश मिनेट डान्स गर्नेजस्ता गतिविधि गर्न सकिन्छ ।

यस्ता कुनै पनि व्यायाम गर्दा ठिक्कको गतिविधि गर्नुपर्छ । आफूले गरेको व्यायाम मोडरेट छ कि छैन भनेर हेर्न कसैसित कुरा गर्न सकिन्छ । किनभने मोडरेट एक्सरसाइज गर्दा सामान्य बाक्य बोल्न त सकिन्छ तर गाना गाउन सकिँदैन ।

यो बेलामा शरीरको तौल कम गर्न चाहनेहरूका लागि दिनमा कम्तीमा पनि तीस मिनेटभन्दा बढी एक्सरसाइज गर्न जरुरी छ । यस्ता एक्सरसाइज बिहान मात्र गर्नुपर्छ भन्ने पनि छैन । दैनिक आधा घण्टादेखि एक घण्टा एक्सरसाइज गर्न सुरुसुरुमा जोसुकैका लागि कठिन हुनसक्छ । त्यसैले, कुनै पनि एक्सरसाइज सुरु गर्दा सुरुका दिनमा दश मिनेटबाट सुरु गरेर त्यसलाई कम्तीमा पाँच दिन नियमित गर्दै लैजानुपर्छ । त्यसपश्चात् प्रत्येक साता पाँच , दश मिनेट जोड्दै लगेर दिनमा ३० देखि ६० मिनेट सक्रिय रहन सकिन्छ ।

त्यति मात्र हैन, स्वस्थ रहनका लागि वयष्कहरुलाई मध्यम तथा तीव्र किसिमको एक्सरसाइज सातामा १ सय ५० मिनेट देखि साढे दुई घण्टासम्म गर्नु आवश्यक छ । यस्ता एक्सरसाइजले मुटुलाई स्वस्थ राख्नुका साथै श्वासप्रश्वास सम्बन्धी गतिविधि सुचारु बनाउन सहयोग गर्छ । कहिलेकाही यस्ता गतिविधि गर्दा ३० मिनेट एकै पटक एक्सरसाइज गर्न नसकेको खण्डमा १० दश मिनेटको ब्रेक लिएर पनि त्यस्ता एक्सरसाइजलाई पूरा गर्न सकिन्छ ।

एक्सरसाइज गर्नका लागि फिट्नेस सेन्टरमा नै धाइ रहनु पर्दैन यस्तो फुर्सदको बेलामा टिभीमा हेरेर, युटुब मा हेरेर भिडियो पनि गर्न सकिन्छ । त्यसबाहेक, परिवारको साथमा घरमै बसि आपसी दुरि कायम गरि रमाइलो गरेर पनि दिमाग को एक्ससाइज गर्न सकिन्छ । विश्वमा तिब्र गतिमा फैलिरहेको कोरोना भाईरस (कोविड – 19) ले गर्दा विश्व नै आज जुन स्थितिमा गुज्रिरहेको छ त्यसबाट नेपाल पनि अछुत्तो छैन। नेपाल सरकारले आफ्नो नागरिकहरु सुरक्षित रहुन भन्ने उदेश्यले लकडाउन गरेको छ त्यसको पालना गर्नु हामी आम नागरिकको कर्तव्य हो। त्यसै कारण स्थानीय सरकारको सुचनाको पालना गरि हामी सबै सुरक्षित रहि आफ्नो बालबच्चा, छरछिमेक, समाज स्वास्थ्य बनाउनको लागि सम्पूर्ण मानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु ।

दिपेन्द्र ढकाल : अन्तर्राष्ट्रिय तेक्वान्दो प्रशिक्षक तथा निर्णायक