दृष्टि नेपालको दुई दिनको प्रक्षिण तालिम सम्पत्र – Himalayan Dainik

दृष्टि नेपालको दुई दिनको प्रक्षिण तालिम सम्पत्र


दृष्टि नेपालको दुई दिनको प्रक्षिण तालिम सम्पत्र

काठमाडौं,२ चैत्र – सबै भन्दा पहिले आफैंलाई चिन्नुपर्छ, त्यसपछि लक्ष्य निर्धारण गरेर अगाडि बढ्दा सफल भईन्छ । परिवार, साथीसङ्गी हुँदै समाजकै लागि योगदान मात्र होइन, सबैका लागि प्रेरणादायक जीवन बाँच्न सकिन्छ भन्दै एक हुल किशोरीहरुमाझ बोल्दै हुनुहुन्थ्यो, सुमिरा श्रेष्ठ ।

तालिममा सहभागी किशोरीहरुलाई दृष्टि नेपालले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रशिक्षक श्रेष्ठले किशोरीहरुलाई आफैंलाई चिनेपछि मात्र अगाडि बढ्न सजिलो हुन्छ, भन्दै चित्र बनाउने लगायतका विभिन्न अभ्यास गराउनुभयो ।

आजका किशोरीले नै समाजलाई अगाडि बढाउने भन्नुहुदै प्रशिक्षक श्रेष्ठले आफुले जानेका विविध कलाबारे जानकारी दिंदै दोस्रो पुस्ता तयार गर्न लागेको बताउनुभयो ।छोरी मानिसलाई सिक्न, बिक्न र टिक्न गाह्रो हुने भन्दै विगत १५/२० वर्षदेखि समाजीक अभियन्ताको रुपमा काम गरिरहेको बताउनुहुन्छ माजसेवी परिना लिम्बु ।

सुचना र प्रविधिले फड्को मारिरहदाँ यस क्षेत्रमा नयाँ पुस्तालाई ल्याउने जिम्मेवारी पनि हाम्रै हो त्यसैले यस खालको तालिममा प्रशिक्षकको भूमिका निर्वाह गर्दा भिन्नै खुसी र उर्जा प्राप्त भएको अनुभव सुनाउनुभयो ।

सिमित स्रोत र साधनलाई सदुपयोग गर्दै प्रेरणादायी जीवन बाँच्न सिकाउने लक्ष्यका साथ , आजको युवाले आफुलाई अन्यसँग तुलना गर्दै दुःखी भएर होइन, न्युनतम प्राप्त सुविधाकाबीच पनि आफुलाई अब्बल सावित गर्दै अगाडि बढ्न र यस उमेरका युवालाई शिक्षा, सशक्तिकरणको पाटोबारे जानकारी गराउनु पर्ने उहाँको धारणा थियो ।

विगत १४ वर्षदेखि दृष्टि नेपाल संस्थाको स्थापना गरी महिला शसक्तिकरण, मानवअधिकारका लागि उहाँले जनचेतनात्मक कार्यक्रम सञ्चालन गर्ने संस्थाको मुख्य उदेश्य हो । संस्थाले विशेष गरी लागु औषध प्रयोगकर्ता महिलाका क्षेत्रमा काम गर्दै आएको छ ।

समाजमा आफ्नो भिन्न पहिचान बनाउनुभएका लिम्बुले नेपाली समाजमा व्याप्त तर नेदेखिएको वेवास्ता गरिएको पक्ष संग प्रत्यक्ष सहभागी हुदैँ दातृ निकायसँग मात्र सहयोग लिएर संस्था टिकाइरहन पनि सकिन्न, त्यसो गर्न पनि हुन्न भन्ने मेरो सोच हो भन्नुहुदै लिम्बुले विस्तारै आत्मनिर्भर हुने उपायको पनि खोजी गरिरहेको जानकारी दिनुभयो ।

तालिममा सहभागी २० जना किशोरीलाई पूर्व मिस नेपाल माल्विका सुब्बाले साना,-साना गतिविधीको अभ्यासले पनि जीवन सफल बनाउन प्रेरित गर्ने भन्दै योगका अभ्यास, हिडाई, बोलाईलगायतका थुप्रै अभ्यास गराउनुभएको थियो । दृष्टि नेपालबाट हालसम्म ८८० जनाले सेवा लिइसकेका छन् । भने करिब पाँचसय जनाका लागि घर-घरमै पुगेर एचआइभी सङ्क्रमित हुनबाट सुरक्षित हुन आवश्यक सल्लाह र औषधि समेत वितरण गर्दै आएको छ ।

दृष्टि नेपालका कार्यक्रम अधिकृत निलम राईले महिला लागु औषध प्रयोगकर्तालाई लक्ष्यित गरी हप्ताको दुईपटक चिकित्सकीयको सेवा पनि उपलब्ध गराउने, हिंसामा परेका महिलालाई निःशुल्क आवासीय सेवा उपलब्ध गराउँदै आएको छ ।

साथै उनीहरूसँग आश्रित बालबालिकालाई पनि पढाउने व्यवस्था मिलाउँदै आएको छ । संस्थाले एचआइभी सङ्क्रमितलाई आवश्यक औषधी, पोषणयुक्त खाना, साना बालबालिकाका लागि कपडा समेत जुटाएर सहयोग गर्दै आएको छ ।